जनप्रतिनिधि भएका दललाई बेवास्ता गरे दुर्घटना हुन्छ : शिशिर खनाल
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते २२:२५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले हालैको ‘जेनजी’ आन्दोलन व्यवस्था परिवर्तनका पक्षमा नभएको बताएका छन् । उनले भ्रष्टाचार र कुशासनविरुद्धको यो आन्दोलनले लोकतन्त्र नै समाप्त हुने हो कि भन्ने संशय पैदा गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् हुन् ।
उनले श्रीलंकाको उदाहरण दिँदै संविधान नभत्काई नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । निषेधको राजनीतिमा नअल्झिई सबै पक्षसँग संवाद र सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
संविधानमा परिवर्तन आवश्यक भए पनि त्यसको प्रक्रिया जननिर्वाचित संविधानसभाले बनाएको संविधानअनुसार नै हुनुपर्ने उनले बताएका छन् । हिंसाबाट प्राप्त शक्ति दिगो नहुने भन्दै उनले आन्दोलनमा मारिएका र घाइते भएका तथा घर–व्यवसाय गुमाएका सबैको घाउमा मलम लगाउने बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेता खनालले जेनजी पुस्ताको मूल माग भ्रष्टाचारमुक्त र जवाफदेही शासन भएको बताएका छन् । साथै, उनले अहिलेको अवस्थामा ठूलो संख्यामा जनप्रतिनिधि भएका दलहरूलाई नजरअन्दाज गर्दा थप दुर्घटना हुन सक्ने भन्दै त्यसको विश्लेषण गर्नुपर्नेमा जोड दिएका छन् ।
Facebook Comments