तीनकुनेमा एक दम्पती मृ*त फेला
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ०५:२४
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित ह्वाइट हाउस स्कुल नजिकै एक दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरी र सेनाको टोलीले शवको मुचुल्का उठाएको छ ।
स्थानीयका अनुसार, दम्पती एउटै पासोमा झुन्डिएको अवस्थामा देखिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, मृतकको परिचय खुल्न सकेको छैन ।
दुवै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ।
Facebook Comments