३८ क्विन्टल सुन तस्करीका नाइके कारागारबाट फरार

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ०४:१३
Image of https://mayorsap.com/storage/photos/10/68c277df6e0c3.jpg

काठमाडौं । बहुचर्चित ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका छन् । देशभर चलेको जेनजी आन्दोलनको आडमा कारागारमा आगजनी र तोडफोड भएपछि उनीसहित करिब ३३ सय कैदीबन्दी भागेका थिए ।

सुरक्षा स्रोतका अनुसार, नख्खु कारागारबाट आएका कैदीबन्दीको समूहले रात १० बजेतिर सुन्धारा कारागारमा आक्रमण गरेको थियो । यस क्रममा त्यहाँ खटिएका नेपाल प्रहरी सुरक्षाका लागि आर्मी हेडक्वाटर पुगेको र नेपाली सेना पुग्दा ढिलो भइसकेको थियो ।

गोरेमाथि सन् २०१५ देखि २०१८ सम्म ३८ क्विन्टल सुन तस्करी गरेको र भरियाका रूपमा प्रयोग भएका सनम शाक्यको हत्या गरेको आरोप लागेको थियो । 

यद्यपि, सुन बरामद नभएपछि जिल्ला अदालतले तस्करीको अभियोगमा सबैलाई सफाइ दिएको थियो । तर, २०७८ असोजमा अदालतले शाक्य हत्याको अभियोगमा गोरेसहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।


Facebook Comments