‘संविधानको रक्षा गरौँ, राष्ट्रपतिलाई सार्वजनिक गर’

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते २२:२४
Image of https://mayorsap.com/storage/photos/10/68c278c3e5f1e.jpg

काठमाडौ । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले संविधानको रक्षाका लागि आह्वान गरेका छन् ।

आज काठमाडौंको नेपाल कमर्स क्याम्पस, मीनभवन अगाडि भेला भएर उनीहरूले ‘संविधानको रक्षा गरौँ’ र ‘राष्ट्रपतिलाई सार्वजनिक गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

एमालेनिकट अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भनेका छन्, ‘न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनीतिक ढाँचा कमजोर बनाउँछ । सत्य र संविधानको पक्षमा उभिने शक्ति नै मुलुकको रक्षा गर्ने असली रणनीति हो ।’

हालैको ‘जेनजी’ आन्दोलनपछि राष्ट्रपति सार्वजनिक रूपमा नदेखिएको अवस्थामा उनीहरूले यस्तो माग गरेका हुन् ।


Facebook Comments