जेनजी आन्दोलनको मौकामा भागेका कैदी बला*त्कारको आरोपमा पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ०२:००
Image of https://mayorsap.com/storage/photos/10/68c27c4f2d7f7.jpg

कञ्चनपुर । जेनजी आन्दोलनको मौका छोपी कञ्चनपुर कारागारबाट भागेका दीपक सुनार नामक एक कैदीबन्दी फेरि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।

दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय सुनारले भागेको भोलिपल्टै बुधबार दिउँसो एक ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गर्न खोजेका थिए ।

मदिरा सेवन गरेको अवस्थामा उनले खाना खाएर सुतिरहेकी महिलालाई आक्रमण गर्न खोजेपछि महिला चिच्याएकी थिइन् । त्यसपछि भाग्दै गरेका सुनारलाई स्थानीयवासीले खेतबाट घेरा हाली नियन्त्रणमा लिएका थिए ।

बलात्कार मुद्दामा दुई वर्षदेखि कैद भुक्तान गरिरहेका सुनार जेनजी आन्दोलनको क्रममा ११ जना कैदीबन्दीसँगै कारागारबाट फरार भएका थिए ।

स्थानीयवासीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दोधारालाई बुझाएका छन् । 

पक्राउ परेका सुनारमाथि अब दोस्रो कसुरमा मुद्दा चल्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


Facebook Comments