जेनजीलाई जंगीअड्डाबाट हटायो सेनाले, नेतृत्वबारे एकआपसमा विवाद

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते १२:२२
Image of https://mayorsap.com/storage/photos/10/68c281d9ddaa5.jpg

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडिबाट हटाइएका ‘जेनजी’ प्रदर्शनकारीहरू अहिले सुन्धारास्थित जम्मा भएका छन् । सेनाले यहाँ पनि भीडभाड नगर्न आग्रह गरिरहेको छ, तर युवाहरूको जमघट जारी छ ।

सुन्धारामा भेला भएका युवाहरूबीच नै फरक–फरक धारणा र आक्रोश देखिएको छ । कतिपय युवाहरूले आन्दोलनको मर्मविपरीत काम भएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

उनीहरूले आन्दोलनको उद्देश्यबाट भट्किएर निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गरेकोमा असहमति जनाउँदै आपसमा झगडासमेत गरिरहेको देखिएको छ ।

अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की वा अन्य कुनै व्यक्तिलाई ल्याउनुपर्ने भन्ने विषयमा युवाहरूबीच मतभेद देखिएको छ । एक पक्षले जेनजी आन्दोलन व्यक्तिगत स्वार्थका लागि नभएको बताएका छन् ।


Facebook Comments