कारागारबाट भागेका टोपबहादुर रायमाझी सम्पर्कमा, फर्कन तयार

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ११:५७
Image of https://mayorsap.com/storage/photos/10/68c14d9a7e9e8.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका र हालै केन्द्रीय कारागारबाट भागेका टोपबहादुर रायमाझी फर्कन तयार रहेको बताइएको छ ।

कारागार प्रशासन स्रोतका अनुसार, रायमाझीले टेलिफोनबाट सम्पर्क गरी आफू कुनै पनि कारागारमा फर्कन तयार रहेको जानकारी दिएका हुन् ।

‘परिस्थिति सबै मिलेपछि खबर गर्छौं’ भन्दै तत्काल नफर्किन भनिएको कारागार स्रोतले जनाएको छ । उनीसँगै सुन्धारास्थित केन्द्रीय कारागारबाट ३३ सयभन्दा बढी कैदीबन्दी फरार भएका थिए ।

यसैगरी, भुटानी शरणार्थी प्रकरणमै थुनामा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू फर्कन तयार रहेको सन्देश पठाएको कारागार प्रशासनले जनाएको छ ।

मंगलबार राति नख्खु कारागारबाट आएका कैदीबन्दीले तोडफोड गरेपछि सुरक्षाकर्मी त्यहाँबाट हटेकाले कैदीबन्दीहरू भागेका थिए ।


Facebook Comments