एमालेले भन्यो– ‘संवैधानिक र लोकतान्त्रिक उपलब्धिको रक्षा गरौं, संवादमा आउनुस्’

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ११:३०
Image of https://mayorsap.com/storage/photos/10/68c289ee2f804.jpg

काठमाडौं । नेकपा एमालेले देशमा उत्पन्न विषम परिस्थितिको समाधानका लागि सबै राजनीतिक दलहरूलाई आपसी संवादमा आउन आह्वान गरेको छ । 

प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक संकटबारे महासचिव शङ्कर पोखरेलले एक वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “सङ्घीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून्।” 

एमालेले स्थानीय तहको सेवाप्रवाह निर्वाध रूपमा सञ्चालन गर्न वातावरण बनाउनुपर्नेमा पनि जोड दिएको छ ।

पार्टीले संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानको पक्षमा रहेका सबै दलहरूलाई संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आग्रह गरेको छ ।

एमालेले अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको पनि जनाएको छ ।


Facebook Comments