गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ०९:२५
Image of https://mayorsap.com/storage/photos/10/68c28c1da563e.jpg

काठमाडौं । बृहत् नागरिक आन्दोलनले ‘जेनजी’ क्रान्तिलाई निष्कर्षमा पुर्याउन राष्ट्रपति र नेपाली सेनाको नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनले राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै वर्तमान राजनीतिक संकटको निकास खोज्न सकिने धारणा व्यक्त गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पूरा गरोस्।”

आन्दोलनले नागरिकको संघर्षबाट स्थापित गणतन्त्र र धर्मनिरपेक्षता लाई थप बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

साथै, अब बन्ने नागरिक सरकारलाई वर्तमान संविधानको परिधिभित्र रहेर भ्रष्टाचार र बेथिति विरुद्ध निरन्तर काम गर्न खबरदारी गर्ने जनाएको छ ।

नागरिक आन्दोलनले यस विषयमा जेनजीलाई जस्तोसुकै साथ दिन नागरिक समाज तयार रहेको पनि जनाएको छ ।


Facebook Comments