नख्खु कारागारबाट भागेका सञ्जय ‘टक्ला’ पक्राउ
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ०२:०१
काठमाडौं । नख्खु कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’ पक्राउ परेका छन् । उनलाई काभ्रेको मंगलटारबाट प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
‘जेनजी’ आन्दोलनका क्रममा नख्खु कारागारमा आगजनी र तोडफोड भएपछि उनीसहित सबै कैदीबन्दी भागेका थिए । सहकारी ठगी आरोपमा पुर्पक्षमा रहेका रवि लामिछानेलाई सुरुमा निकालिएको केही समयपछि टक्ला पनि भागेका थिए ।
टक्ला विगत १२ वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका थिए। उनलाई २०६९ वैशाखमा जनकपुरको रामानन्द चोकमा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनाका मुख्य योजनाकार मानिएको छ ।
जनकपुरकै रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्यामा पनि उनको संलग्नता रहेको अदालतको आदेशमा उल्लेख छ । पक्राउ परेका टक्लालाई अब कैद भुक्तानका लागि पुनः कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments