‘जेन–जी’ आन्दोलनमा ३४ जनाको मृ*त्यु, हजारभन्दा बढी घाइते
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ११:३७
काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका विभिन्न अस्पतालमा ३४ जनाको मृत्यु र एक हजारभन्दा बढी मानिस घाइते भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिलेसम्म देशभरका ४१ अस्पतालबाट यो तथ्यांक संकलन गरिएको हो ।
मन्त्रालयले दिएको विवरणअनुसार, निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २, त्रिवि शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, झापाको बी एन्ड सी अस्पतालमा १, विर्तासिटी अस्पतालमा १, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र भेरी अस्पतालमा ५ जना गरी जम्मा ३४ जनाले ज्यान गुमाएका छन् ।
घाइतेमध्ये अहिले पनि ३२१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार, ९४९ जना घाइतेहरू भने उपचारपछि घर फर्किसकेका छन् ।
हाल उपचाररत घाइतेहरूमध्ये निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौं मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना रहेका छन् ।
Facebook Comments