विषम परिस्थितिलाई निकास दिन हर प्रयास हुँदैछ : राष्ट्रपति पौडेल

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते १३:०८
Image of https://mayorsap.com/storage/photos/10/68c29fbfcf4fe.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न विषम परिस्थितिलाई संवैधानिक दायराभित्र रहेर समाधान गर्न हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले आन्दोलनकारी नागरिकको मागलाई सम्बोधन गर्न छिटोभन्दा छिटो निकास खोजिरहेको विश्वास दिलाएका छन् ।

राष्ट्रपति पौडेलले भनेका छन्, “मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु।”

उनले सबै पक्षलाई शान्ति र संयमता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्न सहयोग गर्न अपिलसमेत गरेका छन् ।


Facebook Comments