ज्यान जोगाउन राजीनामा दिएको थिएँ, अब एमाले छोड्दिन : सुजन कडरिया

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ००:५९
Image of https://mayorsap.com/storage/photos/10/68c29d7c68212.jpg

काठमाडौं । अनेरास्ववियुका अध्यक्षबाट राजीनामा दिएका डा. सुजन कडरियाले आफूलाई हातहतियारसहित आएका केही व्यक्तिले आक्रमण गरेर सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्न बाध्य बनाएको दाबी गरेका छन् ।

आज सामाजिक सञ्जालबाटै विज्ञप्ति जारी गर्दै उनले राजीनामा फिर्ता लिएको र ‘जेनजी’ पुस्ताको नाममा आफूमाथि आक्रमण भएको बताएका छन् ।

उनले आफ्नो घर जलाएर हत्या गर्ने प्रयास भएको र शारीरिक हातपातसमेत भएको भन्दै केही तस्बिरहरू सार्वजनिक गरेका छन् । ‘यदि मैले त्यतिबेला राजीनामा घोषणा नगरेको भए, म आज जीवित हुने थिइनँ,’ उनले भने ।

कडरियाले भने, ‘मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन। मलाई बचाउने एक जना भाइप्रति जीवनभर कृतज्ञ रहनेछु।’

आफूबाट कमजोरी भएको भन्दै उनले एमालेजनसँग माफी मागेका छन् । कडरियाले अब जस्तोसुकै परिस्थिति आए पनि एमाले पार्टी नछाड्ने घोषणा गरेका छन् ।

उनले संविधानको रक्षाका लागि सबै एक हुनुपर्नेमा जोड दिँदै देश संविधान अनुसार नै चल्नुपर्ने बताएका छन् ।

 


Facebook Comments