इन्डोनेसियामा बाढी र पहिरो : १९ जनाको मृ*त्यु, १० बेपत्ता
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ०९:०७
एजेन्सी । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय टापु बाली र पूर्वी नुसा तेङ्गारा प्रान्तमा भारी वर्षापछि आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । यस प्रकोपमा कम्तीमा १९ जनाको ज्यान गएको छ भने १० जना अझै बेपत्ता छन् ।
राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार, बालीमा १३ जनाको मृत्यु भएको र ६ जना बेपत्ता छन् । त्यहाँ १८ वटाभन्दा बढी स्थानमा बाढी र पहिरो गएको छ ।
यसैबीच, पूर्वी नुसा तेङ्गारा प्रान्तमा पनि बाढीका कारण ६ जनाको मृत्यु भएको र ४ जना बेपत्ता रहेको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका अधिकारीले जानकारी दिएका छन् ।
मौसम विभागले बालीमा मंगलबार र बुधबारको बीचमा १५० मिलिमिटरसम्म वर्षा भएको रेकर्ड गरिएको जनाएको छ, र यस सप्ताहन्तभरि भारी वर्षा जारी रहने चेतावनी पनि दिएको छ ।
बाढीले घर र खेतीयोग्य जमिनमा क्षति पुर्याएपछि स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
इन्डोनेसियामा सामान्यतया नोभेम्बरदेखि अप्रिलसम्म वर्षा ऋतु रहने भए पनि हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण वर्षा तीव्र र लामो हुँदै गएको विज्ञहरूले बताएका छन् ।
Facebook Comments