नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायाे गोली
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ०५:५०
रुपन्देही । बाँकेको नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीहरू बाहिर निस्कन पाउनुपर्ने माग गर्दै आगजनी र तोडफोडमा उत्रिएका छन् । यसबाट कारागारभित्रको अवस्था तनावग्रस्त भएको छ ।
सुरक्षाकर्मीका अनुसार, कैदीहरूले जेलको भित्री गेटमा आगो लगाएका छन् । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आगजनिपछि कैदीहरू बाहिर निस्कन खोज्दा नेपाली सेनाले रोक्ने प्रयास गर्दा केही राउण्ड गोली चलेको बताइएको छ । अहिले सम्पूर्ण कारागार नेपाली सेनाको घेरामा रहेको छ ।
यो घटना एक दिनअघि मात्रै नौवस्तास्थित बालसुधार केन्द्रमा भएको झडपमा ५ जनाको मृत्यु भएको घटनापछि भएको हो ।
Facebook Comments