जेनजीसहितको सर्वपक्षीय सहमतिबाट प्रस्तावित प्रधानमन्त्रीमा समर्थन रहन्छः रास्वपा
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते १४:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति समर्थन रहने जनाएको छ ।
आज बसेको पार्टीको भर्चुअल केन्द्रीय समिति बैठकले सर्वपक्षीय सहमतिबाट छनौट गरेको उम्मेदवारले वृहत् राजनीतिक अनुमोदन हुने शुभेच्छा राखेको छ । साथै बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको प्रत्यक्ष पहलमा संवाद गरेर अन्तरिम सरकार गठनमा जुट्नुपर्ने बताएको छ।

Facebook Comments