सेनाले निकाल्यो कर्फ्यूको नयाँ तालिका, यस्तो छ भालिका लागि नियम
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ०७:०७
काठमाडौं । नेपाली सेनाले भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । बिहीबार साँझ सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ भने साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । साथै बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने सेनाले छ ।

Facebook Comments