प्रधानमन्त्री नियुक्तिबारे राष्ट्रपति निवासमा हुने भनिएको छलफल सर्यो
मेयरसाप डेस्क
|
२०८२ भदौ २७ गते ०३:३१
काठमाडौं। अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे शितल निवासमा हुने भनिएको छलफल केही घण्टाका लागि सरेको छ । वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको हो ।
राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि छलफल तय भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न पक्षसँग छलफल गरेका थिए ।
दलहरुले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने विचार राखेका छन् । आन्दोलनरत पक्ष जेनजीले संसद विघटनको पक्षमा छ । संविधान अनुसार संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था छ ।
Facebook Comments