सागर ढकाल भन्छन्– साथीहरु, देउवालाई समाते जस्तै राष्ट्रपतिलाई समात्न तयार हुनुस्
सुरक्षा निकायलाई प्रश्न–अझै कति लास चाहिएको छ ?
मेयरसाप डेस्क
|
२०८२ भदौ २७ गते २३:०६
काठमाडौं । अभियन्ता सागर ढकालले नेपाली कांग्रेसको राष्ट्रपतिबाट अल्झाउने प्रयास भइराखेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत ढकालले राष्ट्रपतिले नटेरेकाले उनलाई पनि शेरबहादुर देउवालाई जस्तै समाउन पर्ने समेत बताएका हुन् ।
उनले जेनजी युवाहरुलाई राष्ट्रपतिले छुट्टाछुट्टै राखेर छलफल गरेकोप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति कार्यालयमा गएर देउवालाई जस्तै राष्ट्रपतिलाई पनि समातेर राख्नुपर्ने बताएका हुन् । उनले पहिलो नम्बरमा संसद विघटन गरी अन्तरिम नागरिक सरकार हुनुपर्ने र बाँकी माग त्यसपछि राख्ने समेत बताएका छन् ।
ढकालले सुरक्षा निकायसँग अन्य कति जनाको लास चाहिएको छ ? भनेर प्रश्न गर्दै आफूहरु त्यसका लागि तयार भएको चेतावनी समेत दिएका छन् ।
Facebook Comments