संसद् विघटन गर्न राष्ट्रपति सहमत, सुशीला कार्कीलाई आजै शपथ खुवाउने तयारी
मेयरसाप डेस्क
|
२०८२ भदौ २७ गते ०९:०२
काठमाडौं । प्रतिनिधि सभा विघटन गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।शुक्रबार दिनभर भएको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेल प्रतिनिधिसभा विघटन गर्न तयार भएको शीतलनिवास सम्वद्ध स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भएका छन्। प्रतिनिधिसभा विघटन लगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी रहेको बताइएको छ ।
अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको छ ।
Facebook Comments