नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे, आजै शीतल निवासमा पहिलो मन्त्रिपरिषद् बैठक बस्ने
मेयरसाप डेस्क
|
२०८२ भदौ २७ गते ०१:२९
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री नियुक्त सुशीला कार्कीको शपथ ग्रहण आजै हुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज राति ९ बजे कार्कीलाई राष्ट्रपतिले शपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीसँगै अन्य कम्तिमा दुई मन्त्रीको सपथग्रहण हुने भएको छ । एकजना जेनजीको प्रतिनिधि बालेन शाहका सल्लाहकार समेत मन्त्री हुनेछन् ।
शपथ ग्रहणपश्चात शीतल निवासमै मन्त्रिपरिषद्को बैठक बस्ने तयारी छ । बैठकले संकटकालको सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयोग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्रोतले जनाएको छ ।
Facebook Comments