संविधानको धारा ६१ बमोजिम प्रधानमन्त्री बनिन् सुशीला कार्की

User Image मेयरसाप डेस्क | २०८२ भदौ २७ गते २१:११
Image of https://mayorsap.com/storage/photos/10/68c441a55088c.JPG

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । राष्ट्रपति पौडेलले संविधानको धारा–६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ ।

त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै उपधारालाई आधार बनाउँदै कार्कीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको हो । यसअघिका सबै सरकारहरू संविधानको धारा ७६ बमोजिम गठन भएका थिए ।


Facebook Comments