‘जेनजी’ आन्दोलनको भावना सम्बोधन गर्न न्यायिक आयोग गठन गरियोस्
मेयरसाप डेस्क
|
२०८२ भदौ २८ गते ०४:५४
काठमाडौं । ‘जेनजी’ आन्दोलनको भावनालाई सम्बोधन गर्नका लागि दुईवटा उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्ने नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किरातीले बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति ‘चोर बाटोबाट’ भए पनि उनलाई बधाई दिएका छन् ।
किरातीले एउटा आयोगले भ्रष्टाचारबारे छानबिन गर्नुपर्ने र अर्को आयोगले आन्दोलनका क्रममा भएको ‘नरसंहार र विध्वंस’ को जाँच गर्नुपर्ने माग गरेका छन् ।
उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता संविधानका चार मुख्य आधारस्तम्भलाई तलमाथि नगर्न चेतावनी दिएका छन् । यदि यसो गरिएमा त्यसको परिणाम गम्भीर हुने उनको भनाइ छ ।
किरातीले यी चार खम्बाले दलित, महिला, जनजाति, मधेसी र मुस्लिम लगायतका समुदायलाई अधिकारसम्पन्न बनाएको पनि उल्लेख गरेका छन् ।
Facebook Comments