रूपन्देही–३ मा उपनिर्वाचन रद्द, तयारी अर्थहीन
मेयरसाप डेस्क
|
२०८२ भदौ २८ गते ०९:०२
रूपन्देही । देशको राजनीतिक अवस्थामा आएको परिवर्तन र संसद विघटनसँगै रुपन्देही–३ मा कार्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचन रद्द भएको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार, नयाँ चुनावको मिति घोषणा भइसकेको र संवैधानिक व्यवस्थाले उपनिर्वाचनको आवश्यकता नदेखेपछि यो निर्णय भएको हो ।
राप्रपाका सांसद दीपक बोहोराको निधनले रिक्त भएको यस क्षेत्रमा उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको थियो ।
दलहरूले उम्मेदवार चयन गरिसकेका थिए भने आयोगले पनि मतदाता नामावली र कर्मचारी परिचालनको काम अघि बढाएको थियो ।
संविधानको धारा ८४ को उपधारा (६) अनुसार, प्रतिनिधिसभाको कार्यकाल सकिन दुई वर्षभन्दा कम समय बाँकी रहेमा उपनिर्वाचन गर्न नपर्ने व्यवस्था छ । यही प्रावधानका कारण उपनिर्वाचन स्वतः रद्द भएको निर्वाचन आयोगले जनाएको छ ।
राजनीतिक दलहरूले गरेको तयारी र चहलपहल अब अर्थहीन बनेको छ ।
Facebook Comments