जलेश्वर कारागारबाट भागेका २३३ कैदी फर्किए, ३४३ अझै फरार
मेयरसाप डेस्क
|
२०८२ असोज ५ गते ०३:३२
जलेश्वर । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा जलेश्वर कारागारबाट भागेका ५ सय ७६ जना कैदीबन्दीमध्ये हालसम्म २ सय ३३ जना फर्किएका छन् । तर, अझै ३ सय ४३ जना फरार रहेको जेलर अशोक क्षेत्रीले जानकारी दिए ।
भदौ २४ गते राति करिब ५०० को संख्यामा आएका प्रदर्शनकारीले आफूलाई ’जेनजी’ भन्दै कारागारको तीनवटा ढोका फोडेर सबै कैदीबन्दीलाई भगाएका थिए । फरार हुनेमा ४० जना भारतीय नागरिक पनि थिए ।
कारागार प्रशासनले भदौ २५ गते फरार कैदीबन्दीलाई फर्कन आह्वान गरेपछि फर्कने क्रम जारी छ । भागेकामध्ये १२ जनालाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल फर्काउन सहयोग गरेको थियो भने बाँकी आफैं फर्किएका हुन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले फरार कैदीबन्दीको खोजीका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिएको बताए ।
Facebook Comments