खोलामा डुबेर चार वर्षीया बालिकाको मृत्यु

User Image मेयरसाप डेस्क | २०८२ असोज ६ गते ०३:०८
Image of https://mayorsap.com/storage/photos/10/death.gif

झापा । झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा गाउँपालिका– ३ झाँटी निवासी मानबहादुर दर्जीकी चार वर्षीया छोरी विष्णुमाया दर्जीको डुबेर मृत्यु भएको हो ।

उनका अनुसार विष्णुमायाको सानो माईखोलामा डुबेर मृत्यु भएको हो। आइतबारदेखि हराइरहेकी उनको खोजतलास गर्ने क्रममा आज घर नजिकैको सानो माईखोलामा डुबेको अवस्थामा शव फेला परेको नायब उपरीक्षक खड्काले जानकारी दिए । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शवपरीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको बताइएको छ। 


Facebook Comments