नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्किए
मेयरसाप डेस्क
|
२०८२ असोज ७ गते १२:४४
काठमाडौं । जेनजीको प्रदर्शनको क्रममा सुन्धारास्थित कारागारबाट निस्केका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । भदौ २४ गते कारागारबाट निस्केका रायमाझी मंगलबार कारागार फर्किएका हुन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीविरुद्ध मुद्दा चलेको थियो । उनी काठमाडौं जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षमा छन् ।
भदाै २४ गते सुन्धारा काराबारबाट ३३ सय कैदीबन्दी सहित देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेको बताइएको छ ।
Facebook Comments