जेनजी आन्दोलनमा विवादित बनेका काठमाडौंका सीडीओ गृह मन्त्रालय तानिए

User Image मेयरसाप डेस्क | २०८२ असोज ८ गते ०९:५२
Image of https://mayorsap.com/storage/photos/10/68d41bee86298.jpg

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई हटाइएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले रिजाललाई हटाएर उनको ठाउँमा मन्त्रालयका सहसचिव इश्वराज पौडेललाई पठाएका छन् । काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएको एक महिना नपुग्दै रिजाललाई मन्त्रालयमा तानिएको हो ।  

रिजालले काठमाडौंमा गत भदौ ९ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । उनले जिम्मेवारी सम्हालेको १५ दिन नपुग्दै जेनजीको आन्दोलन चर्किएको थियो । रिजाल तत्कालिन गृहमन्त्री रमेश लेखकका नजिकका व्यक्ति  हुन् । 

पौडेल करिब ८ वर्ष अघि मन्त्रालय मातहत कार्यरत सुन तस्करी सम्बन्धी छानविन समितिको संयोजक भएर काम गरेका थिए । उनकै अनुसन्धानपछि चर्चित सून तस्कर गोरे समेत पक्राउ परेका थिए ।
  


Facebook Comments