भारतको लद्दाखमा आन्दोलन हिंसात्मक हुँदा ४ जनाको मृ-त्यु, ७० घाइते

User Image मेयरसाप डेस्क | २०८२ असोज ८ गते ०८:०४
Image of https://mayorsap.com/storage/photos/10/68d4208e1bfce.jpg

काठमाडौं । भारतको लद्दाखमा पूर्ण राज्यको माग गर्दै भइरहेको आन्दोलन हिंसात्मक बनेको छ । बुधबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

प्रदर्शनकारीले लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालय नै जलाएर ध्वस्त पारेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) को गाडीमा समेत आगजनी भएको छ ।

स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि अहिले लेहमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।  लद्दाखलाई भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने र पूर्ण राज्यको हैसियत दिनुपर्ने उनीहरूको माग छ ।
 


Facebook Comments