महेन्द्रनगर विद्युत् प्राधिकरणमा वातानुकूलित महसुल काउन्टर सञ्चालन

User Image मेयरसाप डेस्क | २०८२ असोज ९ गते ०९:०२
Image of https://mayorsap.com/storage/photos/10/68d4c94eafcb0.jpg

कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही र कर्मचारीलाई सहज सेवा दिनका लागि वातानुकूलित महसुल काउन्टर सञ्चालनमा ल्याएको छ । केन्द्रको नवनिर्मित आधुनिक भवनमा चारवटा एयर कन्डिसन जडान गरिएको छ ।

केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार, पहिले गर्मीका कारण सेवाग्राहीले पालो कुर्न असुविधा भोग्नुपरेकोमा अब वातानुकूलित कोठामा सहज वातावरणमा महसुल बुझाउने व्यवस्था मिलाइएको छ । यसले कर्मचारीहरूलाई पनि उत्साहजनक वातावरणमा काम गर्न सहज बनाएको छ ।

सेवा प्रवाहलाई थप व्यवस्थित गर्न महसुल काउन्टरमा टोकन प्रणाली समेत लागू गरिएको छ । यसबाट ग्राहकहरूले अनावश्यक भीड र झन्झट बिना शान्तिपूर्वक पालोअनुसार महसुल तिर्न सक्नेछन् ।

वितरण केन्द्रअन्तर्गत रहेका कुल ७९ हजार ग्राहकहरूमध्ये करिब ४० हजार ग्राहकले महेन्द्रनगरको काउन्टरमार्फत सेवा लिने गर्छन् । बाँकी ग्राहकका लागि झलारी, गुलरिया र दोधारा–चाँदनी क्षेत्रमा पनि आय सङ्कलन काउन्टर सञ्चालनमा ल्याइएको केन्द्र प्रमुख श्रीवास्तवले जानकारी दिए ।

प्राधिकरणको यस कदमलाई सेवाग्राहीलाई प्रभावकारी सेवा दिने अभियानको महत्त्वपूर्ण पाटोका रूपमा लिइएको छ ।


Facebook Comments