सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ५ हजार प्रहरी परिचालन

User Image मेयरसाप डेस्क | २०८२ असोज ९ गते ०१:२३
Image of https://mayorsap.com/storage/photos/10/68d4cbeb4946b.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी वृहत् सुरक्षा योजना लागू गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार, चाडपर्वमा हुनसक्ने सम्भावित घटना र नागरिक सुरक्षालाई ध्यानमा राख्दै प्रदेशभरि ५ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

प्रदेश प्रहरी प्रमुख (डीआईजी) डम्बरबहादुर विश्वकर्माले भारत तथा अन्य मुलुकबाट स्वदेश फर्किने नागरिकलाई सहजता प्रदान गर्न बसपार्क र सीमा नाकाहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीका कारण चुनौती थपिए पनि उनीहरूलाई पक्राउ गर्न छुट्टै टोली परिचालन गरिएको छ । प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखेर उद्धार योजना पनि प्राथमिकतामा राखिएको छ ।

सुरक्षा संवेदनशीलताका दृष्टिकोणले जोखिमपूर्ण मानिएको कैलालीमा मात्रै ११ सय प्रहरी खटाइएको जिल्ला प्रहरी प्रमुख (एसपी) नरेन्द्र चन्दले बताए । 

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न तालिमप्राप्त कुकुरको प्रयोग गरी चेकजाँच बढाइएको छ । चाडपर्वमा चोरीको जोखिम हुने भएकाले बैंक तथा वित्तीय संस्था र निजी घरहरूको सुरक्षामा पनि विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ ।


Facebook Comments