मनसुन कमजोर भए पनि पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

User Image मेयरसाप डेस्क | २०८२ असोज ९ गते ०५:५९
Image of https://mayorsap.com/storage/photos/10/68d4d1b427515.jpg

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

यसका साथै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।  आज राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।


Facebook Comments