बैतडीमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

User Image मेयरसाप डेस्क | २०८२ असोज ९ गते ०४:४१
Image of https://mayorsap.com/storage/photos/10/68d50d705d9fc.jpg

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

डिलाशैनी–१ र २ मा रहेको गन्नीगाड खोलाको पानी प्रयोग गरी १ मेगावाट क्षमताको यो आयोजना कञ्चन ऊर्जा प्रालिले निर्माण गर्न लागेको हो ।

हालै शिलान्यास गरिएको यो आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता कञ्चन ऊर्जा प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच २०८० मंसिर १९ गते भइसकेको छ । 

प्रवद्र्धक कम्पनीका अध्यक्ष अनिश गौतमका अनुसार, अबको एक वर्ष ६ महिनाभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ र दसैँलगत्तै निर्माण कार्यलाई तीव्रता दिइनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् बलाँच सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीले जनाएको छ । 

कम्पनीले आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लावासीलाई समेत लगानीको अवसर प्रदान गर्ने बताएको छ ।


Facebook Comments