मन्त्री घिसिङ र स्वीस राजदूत मेउलीबीच भेटवार्ता
मेयरसाप डेस्क
|
२०८२ असोज ९ गते ०३:३२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा राजदूत मेउलीले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा स्वीस सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन सहयोगका सम्भावित क्षेत्रहरू र द्विपक्षीय सहयोग लगायतका विषयमा छलफल भएको थियो ।
मन्त्री घिसिङले स्वीस सरकारलाई सहयोगका लागि धन्यवाद दिँदै वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन कायम गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण रहेको बताए ।
हाल स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग र रोजगारमूलक सीप विकास तालिमहरू सञ्चालित छन् । राजदूत मेउलीले नेपालको ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्वीस सरकार सधैँ तयार रहेको बताए ।
Facebook Comments