दलित आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
मेयरसाप डेस्क
|
२०८२ असोज ९ गते २३:२६
काठमाडौं । राष्ट्रिय दलित आयोगले आफ्नो वार्षिक प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

Facebook Comments