सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, गोप्य राखियो एजेन्डा

User Image मेयरसाप डेस्क | २०८२ असोज ९ गते २२:१७
Image of https://mayorsap.com/storage/photos/10/68d5250935681.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा जारी छ । यो बैठक मन्त्रिपरिषद् दोस्रो पटक विस्तार भएपछि बसेको पहिलो बैठक हो ।

बैठकमा छलफल हुने एजेन्डाहरूबारे औपचारिक जानकारी दिइएको छैन । यद्यपि, वर्तमान सरकारको प्रमुख प्राथमिकता जेनजी आन्दोलनले क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण, सुशासन कायम गर्ने र युवाहरूमा विश्वास तथा आशा जगाउनेलगायत महत्त्वपूर्ण निर्णयहरू हुन बताइएको छ ।

यसअघि, सरकारले प्रमुख दलका शीर्ष नेताहरूको राहदानी रोक्का गर्नेदेखि लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानमा सक्रिय बनाउने जस्ता तयारी गरिसकेको छ ।


Facebook Comments