त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाए कारबाही हुने
मेयरसाप डेस्क
|
२०८२ असोज ९ गते ०९:५२
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यसको आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
विमानस्थलका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार, दसैँ–तिहार नजिकिँदै गर्दा पछिल्लो समय हवाई आवागमन हुने क्षेत्रमा यस्ता गतिविधि बढेकाले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै रोक लगाइएको हो ।
महाप्रबन्धक पाण्डेले लेजर लाइट प्रयोग गरेर विमानको उडान सुरक्षामा असर पार्ने किसिमका कुनै पनि गतिविधि वा क्रियाकलाप नगर्न अनुरोध गर्दै अवज्ञा वा अटेर गर्नेलाई कानुनी कारबाही गरिने जानकारी दिएका छन् ।
Facebook Comments