अरनिको राजमार्गबाट भ्यान सुनकोशीमा खस्यो, चालक बेपत्ता

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते ०५:२४
Image of https://mayorsap.com/storage/photos/10/68d61b9719569.jpg

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान करिब ५ः२० बजे दूध संकलन गर्ने एउटा मारुती मिनी डेलिभरी भ्यान सुनकोशी नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार, बा १२ च ६५९४ नम्बरको भ्यान सडकबाट करिब ५० मिटर तल खसेको हो । भ्यानका चालक, काभ्रे पनौतीका करिब २२–२३ वर्षीय नवराज खुलाल, बेपत्ता भएका छन् ।

सुकुटेस्थित सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि खाडिचौरतर्फ जाँदै गरेको भ्यानमा चालक मात्र सवार रहेको प्रहरीले जनाएको छ । घटनापछि चालकको खोजतलास जारी रहेको प्रहरीले बताएको छ ।


Facebook Comments