रास्वपालाई पार्टी कार्यालय खाली गर्न घरधनीको अल्टिमेटम

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते ००:३०
Image of https://mayorsap.com/storage/photos/10/68d61dd5890a5.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको बनस्थलीस्थित भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । घरधनी भरतमणि देवकोटाले रास्वपालाई तीन महिनाभित्र घर छोड्न अल्टिमेटम दिएका हुन् ।

अमेरिकामा रहेका देवकोटाले १० महिनाको घर भाडाबापतको मासिक तीन लाख पचास हजार रुपैयाँ नपाएको र पार्टीलाई सापट दिएको ठूलो रकम पनि फिर्ता नभएको गुनासो गरेका छन् । उनले भाडा र सुरक्षाको कारणले पार्टीलाई घर खाली गर्न जानकारी गराएको बताए ।

रास्वपाको स्थापनाकालदेखि नै संलग्न रहेका र अनुशासन आयोगका प्रमुख रहेका देवकोटाले पार्टीमा आफ्नो संलग्नता र घर भाडाको विषयलाई रास्वपाले गम्भीरताका साथ नलिएको भन्दै दुखेसो पोखेका छन् । रास्वपाको कार्यालय बसुन्धराबाट देवकोटाको घरमा सारिएको थियो ।


Facebook Comments