धनुषामा मोटरसाइकल दु*र्घटना: २ जनाको मृ*त्यु, एक गम्भीर घाइते

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते १५:२९
Image of https://mayorsap.com/storage/photos/10/68d61eb6e0f3b.jpg

काठमाडौं । धनुषा जिल्लामा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जना किशोरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, कमला नगरपालिका–२ माची र लगमाको बीचमा रहेको खोक्साहा पुल नजिक भारतीय नम्बर प्लेटको हिरो स्प्लेण्डर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन् । उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ । 

उनीहरू कमला नगरपालिका–३ लगमा बजारमा आयोजना भइरहेको झिझिया नाच हेर्न जाँदै गर्दा राति साढे १० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


Facebook Comments