अर्थ मन्त्रालयमा कागजी काम बन्द, सबै टिप्पणी डिजिटल प्रणालीबाट

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते ०९:३६
Image of https://mayorsap.com/storage/photos/10/68d6210c2f9e8.jpg

काठमाडौं । अर्थ मन्त्रालयले आज (शुक्रबार) देखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रियाहरू डिजिटल स्वीकृति प्रणालीमार्फत मात्रै गर्ने भएको छ । यससँगै मन्त्रालयको आन्तरिक काममा कागजी प्रक्रिया पूर्ण रूपमा अन्त्य भएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत यो जानकारी गराउँदै मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन डिजिटल प्रणाली पूर्णरूपमा लागू गरिएको बताए ।

अर्थमन्त्री खनालका अनुसार, आजबाट मन्त्रालयका आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिने–दिने सबै कार्यहरू अनलाइन प्लेटफर्म मार्फत मात्रै हुनेछन् । यो प्रणालीले समय, लागत र श्रमको बचत सँगसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।


Facebook Comments