‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते ०४:४०
Image of https://mayorsap.com/storage/photos/10/68d637fda15ff.jpg

ढोरपाटन । निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकलाई पछिल्लो समय दसैँ खर्च जुटाउन मुस्किल परेको छ ।

करिब २० वर्षसम्म रातोमाटो र कमेरोमाटो बिक्री गरेर दसैँको जोहो गर्ने उनको आम्दानी आधुनिक र आयातीत रङको प्रयोग बढेपछि घटेको हो ।

दसैँमा घरका भित्ता, झ्याल र ढोका रङ्गाउने चलन अझै रहे पनि स्थानीय माटोले पोत्ने चलन भने हराउँदै गएको छ । विक भन्छिन्, ‘एक दशकअघिसम्म दसैँमा करिब १०० घरमा माटो पुर्याउने गरेकी थिएँ, अहिले १५ घरमा पनि माग हुँदैन।’ 

उनले पहिले एकैदिनमा रु सात सयसम्म कमाई हुने गरेकोमा अहिले पाँच दिनमा पनि त्यति कमाउन मुस्किल पर्ने दुखेसो पोखिन् ।

स्थानीय कलीकुमारी सुनारका अनुसार, गाउँमा खरका र ढुङ्गे घरहरू विस्थापित भएर पक्की घर बन्न थालेपछि स्थानीय माटोको प्रयोग हटेको हो । माटो बेचेर दसैँमा रु १० देखि २० हजारसम्म कमाउने कलीकुमारीको काम पनि पछिल्लो समय विस्थापित भएको छ ।

उनले विकासको प्रभावले बजारका सामानले ठाउँ लिएको र परम्परागत पहिचान हराउँदा आम्दानी गुमेको बताइन् । आधुनिकताको यो लहरले रातोमाटो र कमेरोमाटोले घर पोतिने गाउँको मौलिकता नै लोप हुने अवस्थामा पुगेको छ ।


Facebook Comments