जेन–जी आन्दोलनका घाइतेलाई मन्त्री खरेलले भने– ‘तपाईँहरूको रगतले यो सरकार बनेको हो’

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते ०५:५७
Image of https://mayorsap.com/storage/photos/10/68d64697865f5.jpg

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री खरेल शुक्रबार टिचिङ अस्पताल पुगेका थिए ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मन्त्री खरेलले भने, ‘यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो । देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो ।”

मन्त्री खरेलले आन्दोलनकारीको बलिदानलाई अन्तरिम सरकारले उच्च महत्त्व दिएको सन्देश दिएका छन् ।


Facebook Comments