चाडपर्वमा बढी भाडा र कालोबजारी गर्नेलाई कडा कारबाही गरिने

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते ००:३२
Image of https://mayorsap.com/storage/photos/10/68d67ba9864e7.jpg

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातमा हुने अनियमितता नियन्त्रण गर्न सरकारले कडाइ गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै स्वीकृत भाडादरभन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागका अनुसार चाडपर्वका बेला बढी भाडा लिने र टिकट बिक्री वितरणमा असहजता सिर्जना गर्ने जस्ता गुनासो यात्रु तथा नागरिकस्तरमा बढेको छ ।

यी समस्यालाई सम्बोधन गर्न विभागले सम्पूर्ण सरोकारवालाहरूलाई प्रचलित कानुन र स्वीकृत भाडादरबमोजिम मात्र टिकट काट्न र अनलाइन सेवालाई व्यवस्थित गर्न अनुरोध गरेको छ ।


Facebook Comments