सेवानिवृत्त पदाधिकारीको सवारी र सुरक्षाकर्मी फिर्ता गरिने

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते २२:५०
Image of https://mayorsap.com/storage/photos/10/68d6210c2f9e8.jpg

काठमाडौं । अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेका सुविधा खोस्नका लागि गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्त्रालयले प्रचलित कानून बाहेक लिइरहेका सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न गृहलाई निर्देशन दिएको हो ।

गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकको अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने निर्णय कार्यान्वयन गर्न यो कदम चालिएको हो ।

यसअघि नै अर्थ मन्त्रालयले चालु खर्चमा व्यापक कटौती र पूँजीगततर्फ खुद्रे आयोजना रोक्का गर्ने निर्णय गरिसकेको छ ।

खर्च कटौतीबाट १ खर्ब २० अर्ब रुपैयाँ हाराहारी रकम बच्ने अनुमान गरिएको छ, जसलाई निर्वाचन, पुनर्निर्माण र राहत मा उपयोग गरिनेछ ।


Facebook Comments