‘छानबिनको बहानामा जेनजी प्रदर्शनका लुटेरालाई उन्मुक्ति दिन खोजियो’
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते १४:२७
काठमाडौं । संविधानविद् एवं वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले भदौ २४ गते जेनजी आन्दोलनका नाममा लुटपाट, आगजनी र तोडफोड गर्ने व्यक्तिहरूलाई छानबिन आयोगको बहानामा उन्मुक्ति दिन नहुने बताएका छन् ।
उनले प्रचलित कानुन नै कारबाहीका लागि पर्याप्त रहेको जिकिर गरे । गृह मन्त्रालयले छानबिन समितिको प्रतिवेदन नआएसम्म कसैमाथि धरपकड नहुने भनी दिएको अभिव्यक्तिप्रति आचार्यले आपत्ति जनाए ।
आचार्यले भने, ‘आयोग गठनको कारण देखाइ अपराधमा संलग्न व्यक्ति उपर कुनै कारबाही नै अघि नबढाउनु उचित होइन । यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो ।’
उनले गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले भदौ २३ गतेको घटनामा केही हद्सम्म सहयोग गर्न सक्ने भए पनि भदौ २४ गतेको आगजनी र लुटपाट जस्ता अपराधका लागि आयोगको कुनै आवश्यकता नरहेको प्रष्ट पारे ।
आचार्यले नागरिकको जीउ, ज्यान र सम्पत्तिको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै अपराधमा संलग्नलाई उन्मुक्ति दिइनु घटनालाई ढाकछोप गर्न खोजेको मानिने चेतावनी दिए ।
Facebook Comments