डेडिकेटेड फिडर बक्यौता बुझाउन प्राधिकरणको २१ दिने अल्टिमेटम

User Image मेयरसाप डेस्क | २०८२ असोज १२ गते १२:३९
Image of https://mayorsap.com/storage/photos/10/68d8e928ddae9.jpg

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन प्रयोग गर्ने उद्योगीहरूलाई १७ कात्तिकभित्र बक्यौता रकम बुझाउन २१ दिने अल्टिमेटम दिएको छ ।

प्राधिकरण सञ्चालक समितिको असोज १० गतेको निर्णयले प्रशासकीय पुनरावलोकनका सबै कामकारबाही बन्द गरेपछि उद्योगीहरूले अब २०७२ माघदेखि २०७५ वैशाखसम्मको बाँकी महसुल पूर्वनिर्धारित शुल्कअनुसार तिर्नुपर्नेछ ।

बक्यौता रकम टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा खपत इनर्जीका आधारमा गणना हुनेछ । बक्यौता तिर्न चाहने उद्योगीलाई २८ किस्ताको सुविधा दिइनेछ । तर, तोकिएको अवधिभित्र बक्यौता नबुझाए कानूनअनुसार कारबाही हुने चेतावनी प्राधिकरणले दिएको छ ।


Facebook Comments