१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना, घाइतेलाई परिचयपत्र वितरण
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते ०३:३१
काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरूसँग भेट गर्दै परिचयपत्र वितरणको थालनी गरेका हुन् ।
गृह मन्त्रालयको निर्णयबमोजिम घाइतेहरूको फलोअप उपचारलाई व्यवस्थित गर्न काठमाडौं उपत्यकासहित देशभरका १६ वटा अस्पतालमा डेडिकेटेड ’जेनजी क्लिनिक’ समेत स्थापना गरिएको छ ।
मन्त्रालयका अनुसार, घाइतेहरूको उपचारमा सहजताका लागि अस्पतालहरूमा फोकल व्यक्तिहरू तोकिनुका साथै अस्पतालसम्म निःशुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको छ ।

Facebook Comments