सुन्धाराको गेष्ट हाउसमा झापाका युवक मृ*त फेला
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते ००:४२
काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा शनिबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–११ सुन्धाराको गेष्ट हाउसमा झापा गौरादह नगरपालिका–१ घर भएका ३१ वर्षीय युवराज चौहान मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटनास्थल निरीक्षण गर्दा तत्काल शङ्कास्पद केही नदेखिएकाले मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments