उत्तरी क्यारोलिनामा गो*ली चल्दा ३ जनाको मृ*त्यु, आठ घाइते

User Image मेयरसाप डेस्क | २०८२ असोज १२ गते १९:२९
Image of https://mayorsap.com/storage/photos/10/68d8f7178768d.jpg

एजेन्सी । अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित साउथपोर्ट सहरको वाटरफ्रन्ट बार मा शनिबार राति भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।

साउथपोर्ट याट बेसिनमा राति करिब ९ः३० बजे बन्दुकधारीहरूले मानिसहरूको भीडमा गोली चलाएको सहरको सार्वजनिक सूचना अधिकारी चिएन केचमले जानकारी दिए । घटनापछि एक शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरिएको उनले बताए ।

यसअघि, स्थानीय अधिकारीहरूले सामाजिक सञ्जालमार्फत मानिसहरूलाई घटना भएको क्षेत्रबाट टाढा रहन र अनुसन्धान अवधिभर घरभित्रै बस्न आग्रह गरेका थिए ।

साउथपोर्ट प्रहरी प्रमुख टोड कोरिङले आइतबार जानकारी दिँदै हाल घटनाको कारण स्थानीय समुदायलाई कुनै खतरा नरहेको बताए । घटनाबारे थप अनुसन्धान जारी छ ।


Facebook Comments